बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न लिखित पत्रचार

२८ पुष २०७८, बुधबार २१:४०

काठमाडौं । नियामक निकाय बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै गत आर्थिक वर्षको आर्जित मुनाफाबाट नगद लाभांश वितरण नगर्न लिखित रुपमा पत्राचार गरेको छ ।
बीमा समितिले यही पुस २६ गतेको मिति सबै बीमा कम्पनीहरुलाई पठाएको पत्रमा जोखिममा आधारित पुँजि कोष निर्माण गर्न पुँजिको थप सबलिकरण आवश्यक भएकोले कर प्रयोजन बाहेकका लागि नगद लाभांश वितरण गर्ने कार्य अर्को व्यवस्था नभएसम्मको लागि रोक लगाउने निर्णय गरेको जनाइएको छ ।
बीमा समितिका निर्देशक दिनेशलाल कर्णले जारी गरेको निर्देशन बीमा कम्पनीहरुले आज बुझेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*