आज सर्वाधिक गुमाउने कम्पनीमा हाइड्रोपावर, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

२८ पुष २०७८, बुधबार १५:२६

काठमाडौं । क्रमशः उकालोतर्फ लागेको नेपाली शेयरबजारमा आज गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.५१ अकंले घटेको छ ।

पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँ माथिको कारोबार भएको हो ।

नेप्से परिसूचक १.०८ प्रतिशतले घटेपनि कारोबार रकम भने पछिल्लो केही महिनायताकै सर्वाधिक हो । ८ अर्बमाथिको कारोबारर भएतापनि केही कम्पनीको शेयरमूल्य भने घट्न पुगेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा हिमालय उर्जा विकास रहेको छ । कम्पनीको ६.२१ प्रतिशतले घटेको हो ।

त्यस्तै, यूनियन हाइड्रोपावरको ५.५३ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्टको ५.४९ प्रतिशत, चन्द्रागिरी हाइड्रोपावरको ४.७६ प्रतिशत पु्रडेन्सियल इन्स्योरेन्सको ४.७० प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*