चार कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२८ पुष २०७८, बुधबार १५:२१

काठमाडौं । मंगलबार हरियाली छाएको नेप्सेमा बुधबार भने राताम्य भएको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ३ करोड ३२ लाख १२ हजार माथिको कारोबार भएको हो ।

आज नेप्से ३० अकंले घट्दा कारोबार भने यो साताकै उच्च भएको हो । ८ अर्बमाथिको कारोबार हुँदा ४ कम्पनीको शेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत रहेका छन् ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको ६.१२ प्रतिशत, पन्चकन्या माई हाइड्रोपावरको ५.७१ प्रतिशत, सामलिङ पावरको ५.३१ प्रतिशत र मैलुङ खोला जलविद्युतको ४.२३ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*