लगातार उकालो लागेको नेप्सेमा ३० अंकको गिरावट, कारोबार ८ अर्ब नाघ्यो

२८ पुष २०७८, बुधबार १५:१८

काठमाडौं । लगातार हरियाली छाएको नेपाली शेयर बजारमा आज गिरावट आएको छ । अघिल्लो दिन १९ अंकले बृद्धि भएको नेप्से परिसूचक ३० अंकले घट्न पुगेर २८०३ दशमलव ६२ विन्दुमा कायम भएको छ ।

ननेप्सेमा सूचीकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सोही अंक अर्थात् १.०८ प्रतिशतले घटेतापनि लामो समयपछि शेयर कारोबार रकम भने बृद्धि हुन पुगेको छ । भदौं महिनामा १८ अर्बसम्मको कारोबार भएको नेप्सेमा त्यसयता घटेर २।३ अर्बसम्ममा सीमित हुन पुगेको थियो । आज नेप्सेमा गिरावट आएपनि लगानीकर्ताहरुले शेयर खरिदबिक्री गरि कारोबार ८ अर्बमाथि पुगेको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये ३ समूह बाहेकका सबै समूह आज राताम्य भएका छन् । ब्यापार समूह, उत्पादन तथा प्रशोधन समूह र लगानी समूह बाहेकका सबै समूह राताम्य भएका हुन् ।

साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको मात्रै आज २८ करोड ६९ लाख ९९ हमजार ३८५ रुपैयाँको कारोबार भएको हो । साथै निफ्रा र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*