नेशनल लाइफ इन्स्योरेन्स घण्टाघर शाखाद्धारा एमडिआरटी विजेतालाई सम्मान कार्यक्रम

२८ पुष २०७८, बुधबार १५:०७

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड घण्टाघर शाखाद्वारा आज एक बिशेष कार्यक्रमको आयोजना गरि शाखा मातहतको एमडिआरटी विजेता विशिष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा एमडिआरटी विजेताहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरी केक काटेर उदघाटन गरीएको थियो ।

क्षेत्रिय प्रबंन्धक सुमोद थापाको सभापतित्वमा सन्चालन गरीएको उक्त कार्यक्रममा शाखाप्रमुख जयराम धितालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमममा एमडिआरटी विजेता लिडर लगायतका अभिकर्ताहरूलाई खादा ओढाइ सम्मान गरिएको थियो । चक्र जोशीद्वारा संचालन गरिएको उक्त कार्यक्रममा एजेन्सी शाखा प्रमुख सुशिल प्रताप राणा तथा बिजनेस अफिसर प्रशान कपालीको उपस्थिती रहेको थियो । कार्यक्रममा शाखा प्रमुख जयराम धितालले बेलाबेलामा आयोजना गरिने यस्ता कार्यक्रमले अभिकर्ताहरुको कार्यदक्षता अभिबृद्धि गर्नमा सघाउ पुग्नु का साथै नवप्रवेशी अभिकर्ताहरुलाइ थप उर्जा प्राप्त हुने बिचार ब्यक्त गर्दै आगामी दिनमा सम्पूर्ण उपस्थित अभिकर्ताहरुको कार्य सफलताको कामना गर्दै जिम्मेवारी निभाउदै पेसा व्यवसाय सञ्चालन गर्न जोड दिनुभएको थियो ।

उक्त कार्यक्रमममा सम्मानित हुने अभिकर्ता जीवन कुमार खत्री, छविलाल श्रेष्ठ, दीपक श्रेष्ठ, अविन राज श्रेष्ठ, सुमित्रा तिमल्सिना, प्रणीता सुवेदी,यम चन्द्र कटुवाल र श्रीनव श्रेष्ठ तथा १५ दिनमैं एमडिआरटी बन्न सफलता हाँसिल गर्नुहुने अनिशा राई लगायतलाई टीका तथा खादा ओढाएर सम्मान गरीएको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*