मुक्तिनाथ विकास बैंकद्धारा न्यानो कपडा वितरण

२८ पुष २०७८, बुधबार १४:४८

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको छ । बैंकको गिरुवारी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

बैंकले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–३ मा रहेको श्री सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयका १ कक्षा देखि १० कक्षासम्म अध्यनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

बैंकको गिरुवारी शाखाले एक कार्यक्रमकाबीच उक्त विद्यालयका अध्यक्ष दिव्यशोरी भण्डारी, प्राधानाध्यापक रमेश पराजुली, गिरुवारी शाखाका शाखा प्रमुख प्रविन बस्याल, असिस्टेन्ट लक्ष्मी आर्चाय र कावासोती शाखाका ब्रान्च म्यानेजर सुवास सुवेदीको उपस्थितमा न्यानो कपडा वितरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*