कोरोना संक्रमण बढेसँगै पाँच कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट हुने

२८ पुष २०७८, बुधबार १४:२१

काठमाडौं । कोरोना भाइरसको अबस्थालाइ मध्यनजर गर्दै पाँच कम्पनीको वार्षिक साधारण सभा माध्यमबाट हुने भएको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, गुडवील फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टका शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागि हुन अनुरोध गरेका छन् ।

जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै मेला भेला तथा महोत्सवहरु नगर्ने भनि दिएको आदेशलाई कार्यन्वयन गर्दै अनलाइन मार्फत गर्ने निर्णय गरेका छन् ।

आरएमडिसी लघुवित्त

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा पुस ३० गते अमृतभोग कालिकास्थानमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

मैलुङ खोला जलविद्युत

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस ३० गते लैनचौर ब्यांक्वेट लैनचनैरमा बिहान ११ बजे भर्चुहल माध्यमबाट बस्ने गरी भएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा पुस २० गतेसम्म कायश शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

चन्द्रागिरी हिल्स

चन्द्रागिरी हिल्स लिमिटेडको १२ औं वार्षिक साधारण सभा पुस २९ गते कम्पनीको कार्यालय थानकोट टप स्टेशन परिसरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।

गुडवील फाइनान्स

गुडवील फाइनान्सको वार्षिक साधारण सभा पुस २९ गते होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट बस्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ दशमलव १ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड नवौं वार्षिक साधारण सभा पुस २९ गते आम्रपालि ब्याक्वेट थिरबम सडकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने बस्ने भएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*