बीमा समितिद्धारा सानिमा जनरल इन्स्योरेन्सलाई ६ बुँदे निर्देशन

२८ पुष २०७८, बुधबार १२:४४

काठमाडौं । बीमा समितिले सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई ६ बुँदे निर्देशन दिएको छ। सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई आर्थिक बर्ष २०७७/७८ को लेखापरिक्षणको शर्त बमोजिम समितिले ६ बुँदे निर्देशन दिएको हो।समितिले कम्पनीलाई जोखिम व्यवस्थापन मार्गदशन बमोजिम जोखिम व्यवस्थापन गर्न, लेखापरिक्षण समितिलाई प्रभावकारी बनाई आन्तरिक नियन्त्रण प्रणली सुदुढ बनाउन निर्देशन दिएको छ ।

त्यस्तै, बीमकले वासलातमा देखाएको पूर्ण विवरण नखुलेको बीमाशुल्कको पहिचान गरि आगामी दिनमा समेत त्यस प्रकारको रकमको सिर्जना नहुने गरि आन्तरिक नियन्त्रण प्रणाली सुधार गर्न कम्पनीलाई निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*