शिखर इन्स्योरेन्सको घुम्ती बीमामा बीमितको बढ्दो आकर्षण

२८ पुष २०७८, बुधबार ११:४२

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालन गरेको घुम्ती बीमामा बीमितहरुको आकर्षण देखिएको छ । कम्पनीले घुम्ती बीमा कार्यक्रम अन्तर्गत २ हजार भन्दा बढी बीमितहरुलाई बीमा सेवा प्रदान गरी ३० लाख रुपैयाँ भन्दा बढीको बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

शिखर इन्स्योरेन्स चितवन र बाँकेले ग्रामिण भेगमा घुम्ती बीमा मार्फत् पशुपन्छी तथा बाली बीमा एवं लघु बीमा सेवा प्रदान गर्दै आएको छ ।

बीमाको दायरा र बीमाको सारक्षता बृद्धि गर्ने मुख्य उद्देश्यका साथ बीमा कम्पनीको नियमनकारी निकाय बीमा समितिबाट २०७६ सालमा जारी शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन बमोजिम खास गरी देशको ग्रामिण क्षेत्रमा यसको आवश्यकता महसुस गरी महानगरपलिका र उपमहानगरपालिका बाहेक नगरपालिका र गाँउपालिका आम जनतामा बीमाको आवश्यकता अपरहार्यता र भविष्यका हुन सक्ने सम्भाबित जोखिम तथा आर्थिक नोक्सानीकाबाट न्यून आय भएका जनतामा पर्न सक्ने आर्थिक भारलाई कम गर्न घुम्ति बीमाले महत्वपृुर्ण भुमिका खेलेको कम्पनीले जनाएको छ ।

शिखर इन्स्योरेन्सले पशु तथा पन्छी बीमा, बाली बीमा, लघु बीमा, दुर्घटना बीमा र ५० लाख रुपैयाँ सम्मको घर बीमा गर्ने सकिने र सानो प्रकृतिको बीमा गर्दा बीमा कम्पनीमा जानु नपर्ने हुनाले आमजनताको बीमा गर्दाको लागत कम गरी बीमा गर्न सकिने हुनाले बीमितको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

घुम्ती बीमा कार्यक्रम संचालन गर्दा कम्पनीले आफ्नो सवारी सवारी साधनमा सो स्थानबाट बीमालेख जारी गर्ने र भबिष्यमा दाबी परेका बखत समेत बीमितको घरदैलोमा पुगि दाबी बापतको रकम भुक्तानी गर्ने कार्यबिधि बनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*