सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा अनलाइनमार्फत बस्ने

२८ पुष २०७८, बुधबार ११:१६

काठमाडौं । कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै सानिमा जनरल इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा अनलाइन मार्फत मात्र हुने भएको छ ।

यस अघि पुस ३० गते बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैंङक्वेट धुम्बाराही काठमाडौंमा र अनलाइन मार्फत समेत हुने भनेको सभा अब अनलाइन मार्फत मात्र गर्ने भएको हो ।

जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै मेला भेला तथा महोत्सवहरु नगर्ने भनि दिएको आवेशलाई कार्यन्वयन गर्दै अनलाइन मार्फत गर्ने निर्णय गरेको हो । सो सभा पुस ३० गते बिहान ११ बजे विद्युतीय माध्यम जोम एप मार्फत बस्ने भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*