कोरोनाको कारण सिभिल बैंकको साधारण सभा अनलाइन मार्फत हुने

२८ पुष २०७८, बुधबार १०:५४

काठमाडौं । कोरोना भाइरसको कारणका सिभिल बैंक लिमिटेडको वार्षिक साधारण सभा अनलाइन मार्फत गर्ने भएको छ । कोभिड १९ को महामारीलाइ मध्यनजर गर्दै बैंकको ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*