सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

२८ पुष २०७८, बुधबार १०:५३

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकले यस अघि उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेको भएपनि सो अवभि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थाले बिक्री खुला गरेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यका कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*