आइएमई लाइफ इन्स्योरेन्सले माग्यो ३४ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२८ पुष २०७८, बुधबार १०:४७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न ब्रान्चमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सातै प्रदेशका विभिन्न ब्रान्चहरुका लागि शाखा प्रमुख (ब्रान्च म्यानेजर) माग गरेको छ । कम्पनीले प्रदेश नं. १ अन्तर्गत काँकडभित्ता, फिदिम, तेह्रथुम, बसन्तपुर तेह्रथुम, खोटाङ, प्रदेश नं. २ अन्तर्गत कलैया, बागबजार, राजधानी, र कंचनपुर, बागमती प्रदेशका लागि न्यूरोड, गोङ्गबु, स्वयम्भू, इमाडोल, चापागाउँ, पेप्सिकोला, कीर्तिपूर, सुन्दरीजल, चौतारा र बनेपा, त्यस्तै, गण्डकी प्रदेशको पोखरा, गैँडाकोट, पालुङटार, हेम्जा, बिरौटा र बुर्तिबाङ, लुम्बिनी प्रदेशमा बुटवल, चन्द्रौटा, भैरहवा र तौलिहवा, त्यस्तै कर्णाली प्रदेशमा खजुरा, जाजरकोट र सुदूरपश्चिम प्रदेशमा बझाङ, बैतडी र महेन्द्रनगर शाखा गरी कुल ३४ शाखाका लागि शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १३ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत आवदेन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

One thought on “आइएमई लाइफ इन्स्योरेन्सले माग्यो ३४ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Tulasa oli says:

    BBS 4th Year

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*