एलआईसी नेपालको बाल समृद्धि बीमा योजनाबाट आजबाट बिक्री सुरु, यस्ता छन् मुख्य मुख्य विशेषता

२८ पुष २०७८, बुधबार ०९:०९

काठमाडौं । देशकै प्रतिष्ठित जीवन बीमा कम्पनी एलआईसी नेपालको बाल समृद्धि जीवन बीमा योजना आजबाट औपचारिक रुपमा बिक्री सुरु गरिएको छ ।

कम्पनीले आज विशेष कार्यक्रमका बीचमा नयाँ बीमा योजना सुरु गरिने सो कम्पनीले जनाएको छ । बालबालिकाहरुलाई लक्षित गर्दै बीमा समितिबाट स्वीकृति लिई अघि बढाएको सो जीवन बीमा योजनाबाट बालबालिकाहरुले अधिकतम् लाभ लिने विश्वास लिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले बताए ।

जन्मेको ११ वर्षसम्मका बालबालिकाहरुको बीमा गर्न सकिने सुविधा भएको नयाँ बीमा योजना अन्तर्गत बीमित १६ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत, १७ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत, १८ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत, १९ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत र २० वर्ष पुगेपछि बाँकी रहेको अर्थात कूल बीमाङ्क रकमको २० प्रतिशत भुक्तानी गर्नेछ ।

नयाँ बीमा योजना बालबालिकाको लागि कलेज पढ्न तथा अन्य कुनै पेशामा आबद्ध हुन प्रभावकारी हुने विश्वास लिइएको छ । ‘किनकी बच्चाको सपना पार्नुछ साकार’ नारा सहित सुरु गरिएको बीमा योजनाले न्यून आय भएका, मध्यम स्तरका आम सर्वसाधारण जनताले बालबालिकाको बीमा गरेर जीखिम र भविष्यमा आईपर्ने ठूलो आर्थिक भारबाट मुक्त हुनसक्ने देखिएको छ ।

एलआईसी नेपालका अनुसार बालबालिका १६ वर्ष हुँदासम्म बीमा शुल्क भुक्तानी गरी २० वर्षको उमेरसम्म जोखिम वहन गर्ने नेपालकै पहिलो बीमा योजना हो । साथै प्रस्तावकको मृत्यु भएको अवस्थामा बीमा शुल्क मिनाहा भई बीमा अवधी पुरा भएपछि भुक्तानी पाइने कम्पनीले जनाएको छ ।

न्यूनतम् बीमाङ्क रकम ५० हजार रुपैयाँ रहेको उक्त नयाँ बीमा योजनामा बालबालिका जन्मने वित्तिकै बीमा गर्ने सुविधा छ । कूल बीमा अवधी २० वर्ष रहेको नयाँ बीमा योजनामा एकल बीमा शुल्क भुक्तानी, बार्षिक, अर्धबार्षिक, त्रैमासिक वा मासिक तरिकाबाट बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

कम्पनीका अनुसार बीमा शुल्कमा एक देखि तीन प्रतिशतसम्म छुट पाइने जनाएको छ । बाल समृद्धि बीमा पोलिसी तीन वर्ष पुरा भए पश्चात मात्रै बीमालेखको समर्पण मूल्य एवम् कर्जा सुविधा पाइने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*