बंगलादेश बैंकको ३ करोड ६८ लाख कित्ता शेयर मोतिलाल दुगडलाई नदिनुको कारण पेश गर्न उच्च अदालतको आदेश, आईएफआईसीको शेयर चौधरी ग्रुपले नपाउने !

२७ पुष २०७८, मंगलवार २२:१९

काठमाडौं । बिग मर्जरको रुपमा एका एक चर्चामा आएको नेपाल बंगलादेश बैंक र नबिल बैंक बीचको मर्जर नहुने लगभग निश्चित जस्तै देखिएको छ । नेपाल बंगलादेश बैंकको ठूलो शेयर हिस्सा रहेको बंगलादेशी बैंक आईएफआईसी बैंकले चौधरी ग्रुपलाई शेयर बिक्री गर्न लागेको कार्य गैर कानुनी भन्दै मोतिलाल दुगडले उच्च अदालत पाटनमा मुद्दा हालेपछि यस्तो खुलासा भएको हो ।

दुगड ग्रुपका मालिक मोतिलाल दुगडले यही पुस २१ गते उच्च अदालत पाटनमा दर्ता गरेको दुई वटा रिटमाथि पुस २२ गते न्यायाधिश नीलम पौडेलको एकल इजलाशले शेयर बिक्री गर्न खोजेको बंगलादेशको आईएफआईसीलाई कारणसहित उपस्थित हुन आदेश दिएको छ भने अन्तरिम आदेशका दिने नदिने सम्बन्धमा दुवै पक्षलाई बोलाएको छ ।

नेपाल बंगलादेश बैंक स्थापनादेखि शेयर लगानी गर्ने बंगलादेशस्थित आर्ईएफआईसी बैंकका अध्यक्ष तथा सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगडका बीचमा गत अप्रिल २ मा नेपाल बंगलादेश बैंकको शेयर खरिद बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । सो हस्ताक्षर भइसकेको सम्झौता कार्यान्वयन गर्नुको साटो पालना नगरी अहिले सोही शेयर चौधरी ग्रुपलाई बिक्री गर्न लागेको भन्दै दुगड ग्रुपका मोतिलाल दुगडले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । उच्च अदालत पाटनले मोतिलाल दुगडसँगको सम्झौता पालना नगर्नुको कारणसहित उपस्थित हुन आदेश दिएको हो ।

नेपाल बंगलादेश बैंकको शेयर स्वामित्य भएको बंगलादेशको आईएफआईसी बैंकको स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर लिलाम बिक्री गर्न गत असार २९ गते सूचना जारी गरेको थियो । तर, सो सूचना बमोजिम एनबी समुहको मात्रै आवेदन परेपछि केन्द्रीय बैंकले नेपाल बंगलादेश बैंकको थप शेयर एनबी समुह (लक्ष्मी बहादुर श्रेष्ठ ग्रुप)लाई दिन नमिल्ने भनेपछि उक्त शेयर बिक्रीको लागि विभिन्न समुहहरुसँग वार्ता भएको थियो । सोही क्रममा दुगड ग्रुपले शेयर खरिद गर्ने लिखित सम्झौता गरेको थियो । सो सम्झौता पत्रमा बंगलादेशको आईएफआईसी बैंकका अध्यक्षले नै हस्ताक्षर गरेका थिए । सम्झौतामा हस्ताक्षर गरिसकेपछि कार्यान्वयन गर्नुको साटो अर्को नयाँ व्यापारी बिनोद चौधरीलाई शेयर बिक्री गर्न खोजेपछि दुगडले मुद्दा हालेका हुन् ।

उच्च अदालत पाटनले कारण देखाउ आदेश दिएसँगै अब उक्त शेयर कारोबार रोकिने लगभग निश्चित देखिएको छ । बैंकले निकालेको लिलाममा सहभागी भएको कम्पनीलाई दिन नमिल्ने भन्दै रोकिएको तथा अर्को कम्पनीलाई दिन ठिक्क पारिएको शेयर कारोबार पुनः चौधरी ग्रुपले चोरी गरेको खुलासा भएको छ ।

बिग मर्जरको व्यापक चर्चा परिचर्चाका बीचमा शेयर बजारमा व्यापक चहल पहल भएको नेपाल बंगलादेश बैंक र नबिल बैंक बीचको मर्जर पनि लगभग टुट्ने देखिएको छ । चौधरी ग्रुपले शेयर खरिद गर्नै नपाएपछि मर्जरको सम्भावना रहदैन । बरु सो बैंकको शेयर जसले किन्छ उसैको मर्जीमा मर्जर निर्भर हुने हुँदा नेपाल बंगलादेश बैंकको शेयर खरिद प्रक्रियामा अदालतमा पुगेसँगै मर्जर समेत तत्कालको लागि टरेको छ ।

यसैबीच, सो मुद्दामा आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा पेशी तोकिएको थियो । आजको पेशी स्थगित भएको छ ।

One thought on “बंगलादेश बैंकको ३ करोड ६८ लाख कित्ता शेयर मोतिलाल दुगडलाई नदिनुको कारण पेश गर्न उच्च अदालतको आदेश, आईएफआईसीको शेयर चौधरी ग्रुपले नपाउने !

  1. Manish Shah says:

    A screenshot of what you have published is not real. different in the patan high court website. I think the news is not correct

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*