उन्नति सहकार्य लघुवित्तसहित ३ कम्पनीको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

२७ पुष २०७८, मंगलवार १६:५५

काठमाडौं । चार कम्पनीको वार्षिक साधारण सभा भोलि ९पुस २८ गते० बस्दैछ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउसको साधारण सभा बुधबारका लागि बोलाएका हो ।

उन्नति सहकार्य लघुवित्त
उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा भोलि ९पुस २८ गते० बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा बस्ने गरी आव्हान गरेको छ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरेकोे हुदाँ पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

तेह्रथुम पावर
तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा भोलि ९पुस २८ गते० बिहान ९ बजे होटल हार्दिक बागबजार काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र बासलात, नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्नेछ । साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

मितेरी डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंकले १६ औं वार्षिक साधारण सभा भोलि ९पुस २८ गते० सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ दशमलव ३० प्रतिशत बोनश शेयर र ० दशमलव ७० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि गरी कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

नेपाल क्लियरिङ हाउस
नेपाल क्लियरिङ हाउसको १० औं वार्षिक साधारण सभा भोलि ९पुस २८ गते० दिउँसो १२ः१५ बजे होटल याडिसन लाजिम्पाट काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*