बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

२७ पुष २०७८, मंगलवार १५:२२

काठमाडौं । सोमबार १९ अकंले बढेको नेप्से मंगलबार भने ४९ अकंले बढेको छ । आज पूँजी बजारमा सूचिकृत २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार माथिको कारोबार भएको हो ।

अघिल्लो २ दिन ७ अर्ब माथि कारोबार भएकोमा आज साढे ६ अर्ब माथिको मात्र कारोबार हुन पुगेको छ । सोही रकमको कारोबार हुँदा ७ कम्पनीको शेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा नारायणी डेभलपमण्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी लघविद्युत, सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ९.०१ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.०९ प्रतिशत र इन्फिनिटी लघुवित्त ८.०५ प्रतिशतले वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*