सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर सिमलचौर पोखरामा

२७ पुष २०७८, मंगलवार १३:४७

काठमाडौं । सिटिजन्स बैंकले थप नयाँ प्रिभिलेज काउन्टर बिस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर बिस्तार गरेको हो।

यस अघि भने बैंकले प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौं लगायत ५ शाखामा प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्दै आईरहेको थियो । बैंकले देशभरमा १७४ शाखा कार्यालय, १२३ एटिएम मार्फत बैंकिङ सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*