हिमालयन बैंकद्धारा ७४ औं शाखा बिस्तार

२७ पुष २०७८, मंगलवार १३:१५

काठमाडौं । हिमालयन बैंकको थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ६ चम्मनचोकमा शाखा बिस्तार गरेको हो ।

उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, ब्यवसायी तथा प्रतिष्ठित ब्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ ।

थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल देशभर बैंकले ७४ शाखा कार्यालय र १४८ एटिएम मार्फत बैंकिङ सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*