पञ्चकन्या माई हाइड्रोपावरले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने

२७ पुष २०७८, मंगलवार १२:०१

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै भोलि (पुस २८ गते) को लागि बोलाएको विगत तीन आर्थिक वर्षको संयुक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । कोभिडको संक्रमण बढीरहेको अबस्थामा भौतिक उपस्थिति जोखिम भएकाले भर्चुअल माध्यबाट सभा गर्ने लागेको हो ।

कम्पनीले यस अघि कुपण्डोल ब्यांक्वेट कुपण्डोल ललितपुरमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको थियो । कम्पनीले आर्थिक वर्ष ०७५।०७६, ०७६।०७७ र ०७७।०७८ सम्मको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै उक्त सभाले संस्थापक समूहबाट ४ जना संचालक निर्वाचन वा मनोनयन गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*