सिन्धु विकास बैंकको सिइओमा राम कुमार गिरी नियुक्त
२७ पुष २०७८, मंगलवार ११:५६
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । बैकको पुस २६ गते बसेको संचालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीलाई सिइओमा नियुक्त गरेको हो ।
बैंकले गिरीलाई आगामी ४ वर्षका लागि प्रमुख कार्याकारी अधिकृत पदमा नियुक्त गरेको हो ।