कोरोना जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दियो यस्तो निर्देशन

२७ पुष २०७८, मंगलवार १०:२०

काठमाडौं । नियमक निकाय नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई बैकिङ्ग कारोबार गर्न निर्देशन दिएको छ ।

विश्वब्यापी रुपमा पछिल्ला केही दिनमा कोभिड–१९ को संक्रमण स्वरुप फैलँदै गएको र सोही रुपमा नेपालमा समेत संक्रमण फैलन सक्ने संकेत देखिएकाले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्न निर्देशन दिएको हो ।

साथै सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने, संचालित एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका सामाग्रीको व्यवस्था गर्ने र बैठक गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा सकेसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*