एलआईसी नेपालको नयाँ बाल बीमा योजनाबारे अभिकर्ताहरुसँग अन्तक्रिया सम्पन्न

२६ पुष २०७८, सोमबार १९:५९

काठमाडौं । आगामी बुधवार बजारमा ल्याउन लागेको बाल समृद्दि नामक बीमा योजनाबारे भावी रणनीति तयार गर्न एलआइसी नेपालले आफ्ना बरिष्ठ एजेन्टहरुँग काठमाडौंको पर्यटकिय स्थल चन्द्रागिरी रिसोर्टमा छलफल चलाएको छ ।

सो अवसरमा एजेन्टहरूले यो बीमा योजना नेपालको परिप्रेक्षमा बिलकुलै नयाँ भएको र यसले आम जनतालाई बीमा प्रति आकर्षण बढाउन सक्दछ भन्ने धारणा व्यक्त गरे । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मी प्रसाद दासले अभिकर्तालाई नयाँ योजनाको बारेमा प्रष्ट पार्नु र बजारमा उक्त योजनालाई कसरी बढी भन्दा बढी विक्री गर्न सकिन्छ भन्ने रणनीति निर्माण गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको बताए ।

यस योजानामा बालबालिका १६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले बालबालिका १६ वर्ष पुगे पछिको १६, १७,१८,१९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० ५ को दरले अग्रिम रुपमा रकम भुक्तानी धन फिर्ता पनि गरिने यस योजनाको विशेषता छ ।

त्यसै गरी यस योजानाले बालबालिका १६ वर्ष हुँदासम्म २० वर्ष हुँदासम्म जोखिम बहन गर्ने र दुर्घनावश कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ(ज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने कम्पनीले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*