भारतीय कम्पनीसँग विधुत् व्यापार गर्न इप्पान र मनिकार पावरबीच सम्झौता

२६ पुष २०७८, सोमबार १९:३८

काठमाडौं । इप्पानले प्रवर्धन गरेको नेपाल पावर एक्सचेन्ज र भारतको मनिकारन पावरसँग विद्युत व्यापारको सम्झौता गरेको छ । नेपाल पावर मार्केट समिट २०२२ को अवसरमा विद्युत व्यापारको सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल पावर एक्सचेन्जका तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग र मनिकारका प्रबन्ध निर्देशक नवोदित सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार भारतीय कम्पनी मनिकारनले वर्षाको समयमा नेपालमा बढी भएको ५ सय मेगावाटसम्म बिजुली किन्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।नेपाल पावर एक्सेचन्जमा मनिकरनको १५ प्रतिशत सेयर स्वामित्व हुने भएको छ । बिजुली व्यापार न्युनतम १० देखि २५ वर्षसम्मका लागि हुने कार्यक्रममा जानकारी दिएको छ।

यद्यपी नेपाल पावरलाई सरकारले विद्यत व्यापारको अनुमतिपत्र (लाइसेन्स) दिने तयारी छ । लाइसेन्स दिन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निर्देशिका बनाइरहेको छ । नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) सँग विद्युत् व्यापार सम्झौता गरी ३९ मेगावाट निकासी गरिसकेको छ । नेपाल विद्युत व्यापार कम्पनीलाई सरकारलाई अनुमति दिएको छ ।
संस्थापक लगानीकर्ताले २१ करोड रुपैयाँ स्वपुँजी संकलन गरिसकेका छन् । नेपाल पावरमा इप्पानका सदस्य कम्पनी साझेदारका रूपमा रहने बताइएको छ ।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कुल बिजुली उत्पादनमा निजी क्षेत्रको हिस्सा ५० प्रतिशत रहेको बताए । यो वर्षभित्र यसको हिस्सा बढाएर ८० प्रतिशत पुर्याउने अध्यक्ष आचार्यले कार्यक्रममा बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*