स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बैंकिङ सेवा प्रवाह गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

२६ पुष २०७८, सोमबार १६:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोभिड १९ को संक्रमणको नयाँ स्वरूप फैलिँदै गएकाले सचेत भएर कारोबार गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल संक्रमणको उच्च जोखिममा रहेकाले जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सतर्कतासहित बैंकिङ गतिविधि जारी राख्न सूचना जारी गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे कोभिड सर्तकतासम्बन्धी निर्देशन जारी गरेको छ । जसअनुसार नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनाशक्ति र सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न भनिएको छ ।

सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्न निर्देशन दिएका छन्।सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजरलगायतका सामग्रीको व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*