इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

२६ पुष २०७८, सोमबार १६:३३

काठमाडौं । २ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २७ गतें) हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीको साधारण सभा मंगलबार हुने भएको हो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा भोलि (पुस २७ गते) बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा बस्ने गरी बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १४ गतृेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

युनियन हाइड्रोपावर कम्पनी
युनियन हाइड्रोपावर कम्पनीले १५ औं वार्षिक साधारण सभा भोलि (पुस १६ गते) बिहान ११ बजे ललितपुर ३ धोवीघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने गरी बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*