गोर्खाज फाइनान्ससहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२६ पुष २०७८, सोमबार १५:१२

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक १९.४३ अंक अर्थात् शुन्य दशमलव ७० प्रतिशतले बृद्धि भएर सात अर्ब माथिको कारोबार हुन पुगेको छ । करिब ४ महिनाको अन्तरालमा नेपाली शेयर बजारमा कारोबार विस्तारै ग्रोथ हुदै गइरहेको छ । केही साताअघि २।३ अर्बमा सीमित हुने कारोबार आइतबार र सोमबार ७ अर्बमाथि नाघेको छ ।

आज सोही रकमको कारोबार हुँदा सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको भएको छ । कम्पनीको आज एकैदिन २२ करोड ७७ लाख ४० हजार ९१७ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल टेलिकमकाो २१ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको २१ करोड ३ लाख, अपि पावर कम्पनीको १९ करोड २८ लाख र नेशनल हाइड्रोपावरको १८ करोड ९४ लाख भन्दा माथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*