नेपाल इन्भेष्टमेण्ट बैकको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२६ पुष २०७८, सोमबार ११:३९

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६८ हजार ७८३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया आगडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मिति (पुस २६ गते) ले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैकको प्रधान कार्यालयमा लिखित आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*