सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

२६ पुष २०७८, सोमबार ११:३७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*