नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
२६ पुष २०७८, सोमबार १०:१२
काठमाडौं । नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो दिन कायम बैंकको शेयरमूल्य ९८७ रुपैयाँका आधारमा नेप्सेले हकप्रद जारी गर्नको लागि बुकक्लोज गरेसँगै ४५४ रुपैयाँ ८० पैसा कायम गरेको छ ।