अर्थमन्त्री शर्माले आज एनआरएनसँग अन्तरक्रिया गर्ने, विश्वभरका नेपालीहरु सहभागी हुने

२६ पुष २०७८, सोमबार ०७:३७

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज डिजिटल माध्यमबाट विश्वभर छरिएर रहेका एनआरएनहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् । नेपाली समय अनुसार अपरान्ह ५ः४५ बजेदेखि वेविनारमार्फत डिजिटल अन्तरक्रिया गर्न लागेका हुन् ।

एनआरएनका युकेको आयोजनामा अर्थमन्त्री शर्मा, अर्थसचिव मधु कुमार मरासिनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछानेले विदेशमा रहेका नेपालीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो । एनआरएनका नेता कुल आचार्यका अनुसार अर्थमन्त्री शर्मा, अर्थसचिव मरासिनी तथा गभर्नरसँग विदेशमा रहेका एनआरएनहरुलाई नेपालस्थित बैंकमा डलरमा खाता खोल्न दिने सुविधाको बारेमा जानकारी गराउने उद्देश्यले यस्तो अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सो अन्तरक्रिया कार्यक्रममा एनआरएनएका सल्लाहकार कुल आचार्यको पनि सहभागिता रहनेछ । सो अन्तरक्रिया कार्यक्रममा विश्वभरमा छरिएर रहेका नेपालीहरुलाई सहभागिताको लागि एनआरएनएका नेता कुल आचार्यले आह्वान गरेका छन् ।

देशमा आर्थिक संकट गहिरिँदै गएको र तरलता अभाव चर्कदै गएको अवस्थामा अर्थमन्त्री शर्माले समस्या समाधानको लागि सक्रियता देखाएर गैर आवासिय नेपालीहरुसँग छलफल गर्न लागेका हुन् । छलफलपछि विदेशमा रहेका नेपालीहरु नेपाली बैंकमा अनलाईनबाट खाता खोलेर बैंकिङ कारोबार गर्नेहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*