प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न बोर्डसँग माग्यो अनुमति

२५ पुष २०७८, आईतवार १८:४०

काठमाडौं ।  प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डमा अनुमति मागेको छ ।जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । बोर्डको अनुमति पाएपछि ऋणपत्र जारी गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*