कामना सेवा विकास बैंक र नमस्ते पेबीच डिजिटल वालेट सुविधा सम्बन्धी सम्झौता

२५ पुष २०७८, आईतवार १८:१३

काठमाडौं ।  कामना सेवा विकास बैंक र नमस्ते पेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*