खप्तड लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

२५ पुष २०७८, आईतवार १७:४१

काठमाडौं । खप्तड लघुवित्तको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित एजेण्डाहरु पारित गरेको छ ।सभाले संचालक समितिको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र विशेष प्रस्ताव पारित गरेको छ ।

लघुवित्तको चालु आर्थिक वर्षको हालसम्ममा वित्तीय संस्थाको कुल लगानी रकम २१ करोड र संचालन मुनाफा ३४ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बमले जानकारी दिएका छन् ।

त्यस्तै, सभाले यसै आर्थिक वर्षभित्रमा सुदुरपश्चिम प्रदेशभित्र थप शाखा स्थापना गरी विपन्न वर्गमा लघुवित्त वित्तीय सेवा, वित्तीय साक्षारता तथा उद्यमशिलता विस्तार गर्ने लक्ष्य रहेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*