एकैदिन १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

२५ पुष २०७८, आईतवार १७:२६

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनामा पीसीआर र ३ हजार ७८४ एन्टिजेन परीक्षण गरीएको थियो । त्यस्तै, आइतबार २२४ जनामा संक्रमणमुक्त भएको छ भने २ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ६ हजार ७५५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

भारत पनि पछिल्लो समय एकैदिन डेढ लाख भन्दा बढी संक्रमित थपिएसँगै सिमा नाकामा कठाइ गरिरहेको छ । केही दिन अगाडि आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्ड सहित दर्जनौ नेता संक्रमण पुष्टि भएका छन् । संक्रमणले फेरी बढ्दै गइरहेको भन्दै काठमाडौं उपत्यका सहित अधिकांश जिल्लाका सिडिओहरु छलफलमा जुटेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*