प्राइम लाइफद्धारा ११ लाख रकम मृत्यु बीमा भुक्तानी
२५ पुष २०७८, आईतवार १५:५३
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको रोल्पा शाखाले रोल्पाको लुङ्गी गाउँपालिका वडा ७ हार्जङका सुरेश घर्तीको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
घर्तीकी श्रीमति निमा घर्तीलाई कम्पनीका रोल्पा शाखा प्रबन्धक टीकाराम जिसीको उपस्थितिमा लुङ्गी गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बीमाको १० लाख र १ लाख किरिया खर्चबापत गरी ११ लाख रकम हस्तान्तरण गरेको हो ।
धर्तीको करिब दुई महिना अगाडि दाउरा काट्न जादा लडेर मृत्यु भएको थियो ।