चार हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२५ पुष २०७८, आईतवार १५:१९

काठमाडौं । साताको पहिलो दिन आज नेप्सेमा हरियाली छाएको छ । पूँजी बजारमा सूचिकृत २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजा ६२१ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब १० करोड १८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

आज नेप्से उच्च अकंले वृद्धि हुदाँ ४ कम्पनीको शेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा सबै हाइड्रोपावर कम्पनी रहेका छन् । नेपाल हाइड्रो डेभलोपर, हिमालयन उर्जा विकास, यूनियन हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युतको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, न्यादी हाइड्रोपावरको ९.४१ प्रतिशत, प्रोगेसेभ फाइनान्सको ९.३३ प्रतिशत, आइसीएफसी फाइनान्सको ९.२८ प्रतिशत, हाइट्रोइलेक्सीटी इन्भेष्टमेन्टको ९.२७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ९.१८ प्रतिशतले वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*