गुराँस लाइफ इन्स्योरेन्सद्धारा युवा बाल सुधार अनाथका बालबालिकाहरुलाई सहयोग

२५ पुष २०७८, आईतवार १४:१७

गुराँस लाइफ इन्स्योरेन्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं।३, मुहानपोखरीमा अवस्थीत नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई सहयोग गरेको छ।

कम्पनीले एक कार्यक्रमका बीच न्यानो कपडा, झोला तथा स्टेश्नरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष श्री शिव शंकर नेपाली मार्फत बालबालिकालाई हस्तान्तरण गरेको हो ।

बढानिलकण्ठ नगरापालिका वडा नं। ३ का वडा अध्यक्ष श्री बालकृष्ण श्रेष्ठ प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक के।सी।ले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कम्पनीका प्रबन्धक बोधलाल पुरीले संचालन गर्नु भएको सो कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

१९ वर्ष देखि संचालनमा रहेको नव यूवा बाल सुधार समाजलाई ऋक्च् अन्तर्गत कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृतले गराउनुका साथै वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले यस कार्यक्रमको लागि कम्पनीलाई धन्यवाद ज्ञापन दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*