नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त

२५ पुष २०७८, आईतवार १३:४४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनले आजदेखि सिनियर डिसिओको कार्यभार सम्हाल्ने भएका छन् ।

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सिइओ थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*