बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ डिम्याट खातामा, कहिले होला नेप्सेमा सूचिकृत ?

२५ पुष २०७८, आईतवार १२:३३

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) शेयरधनीहरुको हितग्राही खातामा आएको छ । कम्पनीको आइपीओ ‘बीएनएचएच’ सिम्बोलबाट डिम्याट खातामा देखिएको हो ।

साथै उक्त आइपीओ यसै साता नेप्सेमा सूचीकरण हुने र सूचिकरण भएको दोस्रो दिनदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको उक्त कम्पनीले सिडिएस एण्ड क्लियिरङ लिमिटेडमा सूचीकरण गराएपछि सिडिएसडिसीले गोलाप्रथाबाट सेयर पाउने लगानीकर्ताको डिम्याट खातामा आईपीओ जम्मा गरिदिएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ८४.०५ रुपैयाँ देखि अधिकतम २५२.१५ रुपैयाँसम्म ओपनिङ रेन्ज निर्धारण गर्ने देखिएको छ । गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताको दरले कम्पनीको शेयर प्राप्त गरेको थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*