मुद्दाका कारण महालक्ष्मी विकास बैंकद्धारा संचालक निर्वाचन स्थगित

२५ पुष २०७८, आईतवार १२:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुँदैछ ।

बैंकले आजको सभाबाट संस्थापक समुहबाट ३ जना र सर्वसाधारणबाट ३ जना गरी ६ जनाको संचालक निर्वाचन गर्ने एजेण्डालाई भने स्थगित गरेको छ ।

बैंकका शेयरधनी गिरीराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंक विरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उक्त अदालतबाट विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न भएअनुसार बैंकले संचालक निर्वाचन एजेण्डालाई स्थगित गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*