निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दै

२५ पुष २०७८, आईतवार ११:४६

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा आज दिउँसो १ बजे कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा बस्दैछ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

One thought on “निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दै

  1. Rambilash.mandal says:

    Rajbiraj

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*