नेपाल आयल निगमद्धारा कार्यकारी निर्देशकमा दरखास्त आह्वान, कति चाहिन्छ शैक्षिक योग्यता ?

२५ पुष २०७८, आईतवार ११:३४

काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान गरेको छ । निगमले पहिलो पटक खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका सुरेन्द्र पौडेलको तीन वर्षे सेवा अवधि पुस २२ गते सकिएपछि उक्त पदका लागि विज्ञापन खुलाएको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषयमा वा प्रशासन, ब्यवस्थापन, इन्जिनियरिङ, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तिर्ण गरेको र ब्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा ५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको २१ दिन भित्र आवश्यक कागजात ( शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो, पाँच हजार शब्द नबढ्ज गरी ब्यवसायिक कार्ययोजना सहित पाँच हजार रुपैयाँ तिरि) आवेदन पेश गर्ने सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*