कीर्तेका मतियार बन्दै सह–सचिव कोइराला

२५ पुष २०७८, आईतवार ०८:२१

काठमाडौं । आफ्नो कर्मचारी जीवनलाई दाउपेचमा लगाउँदै कानुन मन्त्रालयका सह–सचिव कीर्तेधन्दामा मतियार बन्दै अघि बढेका छन् । बीमा समितिबाट हुने माफियासँगको सेटिङ र कीर्ते धन्दामा सह–सचिव कोइरालाले अध्यक्ष सूर्य प्रसाद सिलवाललाई साथ दिँदै आएका छन् ।

कोइराला कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने बीमा समितिका सञ्चालक समेत हुन् । बीमा समितिको इतिहासमा सर्वसम्मत निर्णय गर्ने परम्पराविपरित अध्यक्ष सिलवालले दुई जना सञ्चालकबाटै महत्वपूर्ण निर्णयहरु गर्दै आएका छन् । सो कार्यमा अर्का सञ्चालक कपिलदेव ओलीले साथ दिँदै आएका छन् ।

गत मंसिर ६ गते बसेको भनिएको सञ्चालक समितिको बैठकको माईन्यूटमा मंसिर ९ गते साँझ ४ बजे मन्त्रालयभित्रै फाइल मगाएर हस्ताक्षर गरेको सह–सचिव कोइरालाले त्यसपछि अर्को एउटा कीर्ते काण्डमा अध्यक्षलाई साथ दिएको बताइएको छ ।

पछिल्लो समय बीमा समितिबाट भइरहेको अनैतिक, बीमाको सिद्धान्त र मूूल्य मान्यता विपरितको कार्यमा अध्यक्ष सिलवालाई सह–सचिव कोइरालाले सघाउँदै आएका छन् । बीमा समितिमा सञ्चालकको हैसियतमा कीर्ते माईन्यूटमा हस्ताक्षर गरेका सह–सचिव कोइरालाविरुद्धमा गत मंसिर २२ गते भ्रष्टाचार विवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*