एशियन लाइफद्धारा १४ लाख बीमा दाबी भुक्तानी

२४ पुष २०७८, शनिबार ११:०७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले सिद्धिचरण–२ ठुलोछाप, ओखलढुंगा घर भइ हाल इटहरी–२, सुनसरीमा बस्ने मृतक बीमित सरोज बाबु भट्टराईकी श्रीमती तारा नेपाललाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

बीमित भट्टराइको गत साउन ३१ गते कोभिडका कारण मृत्यु भएको थियो । उनको मृत्यु भएको करिब ५ महिनापछि पुष २१ निजकै घरदैलो गई कम्पनीले बीमा दाबी वापतको रकम १४ लाख १० हजार १७० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक पूर्व प्रहरी निरीक्षक मोहन प्रसाद खतिवडा तथा बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीद्वारा एकमुस्ट रुपमा हस्तान्तरण गरिएको हो ।

मृतक बीमितले ४ वर्ष अगाडी सुखी जिबन(साबधिक तथा आजिबन)बिमा योजनामा ११ लाख रुपैयाँको बिमा, अर्धबार्षिक ३० हजार ८६९ रुपैयाँ जम्मा गर्ने गरि कुल २ लाख ७७ हजार ८२१ रुपैयाँ जम्मा गरिसकेका थिए ।

उक्त कार्यक्रममा पूर्व प्रहरी निरीक्षक मोहन प्रसाद खतिवडाले बिमाको वास्तविकता बारे प्रस्ट धारणा ब्यक्त गर्दै आम जनतालाई आफुले कमाएको केहि अंश छुट्टाएर बिमा गर्न प्रोत्साहन गर्नु भएको साथै जिबन बिमा कम्पनीका अभिकर्ताहरुको क्षमता, दक्षता अभिबृधि गरि सहि सूचना जनता माझ लग्न जिबन बिमा कम्पनीलाई सुझाब दिदै आफु पनि जनताको घर घर गई जिबन बिमा बारे बुझाई यस्तो खालको सामाजिक कार्यमा सक्रिय भइ लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बिमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा जोखिमकै हिसाबले बिमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थित जनताहरुलाई बिमा गराउन पहल गर्नुपर्ने धारणा ब्यक्त गरे ।

साथै उक्त कार्यक्रममा कम्पनीका बिजनेस मेनेजर कमला कटुवाल, भगवती न्यौपाने, यसोदा पौडेल, सिता खतिवडा लगाएत सम्पूर्ण स्थानीय व्यक्तित्त्वहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम बिराटनगर शाखाका अपरेशन इन्चार्ज सरस्वती थापाले संचालन गरेका थिइन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*