एचआइडिसीएलको वार्षिक साधारणसभा सम्पन्न

२३ पुष २०७८, शुक्रबार १८:५७

काठमाडौं । एचआइडिसीएलको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित गरेको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ० दशमलव ४२ प्रतिशत नगद गरी कूल ८ दशमलव ४२ प्रतिशत लाभांश पारित गरेको हो । बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी २० अर्ब १९ करोड ६० लाख रुपैयाँ हुनेछ ।

सर्वसाधारण समूहका शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने अधिकतम मत प्राप्त गरी सुधिर ज्ञवाली सञ्चालक पदमा निर्वाचित भएका छन् ।सभाले महालेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*