ज्योति विकास बैंकको १४ औ बार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । ज्योति विकास बैंकको १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १५ दशमलव ५ प्रतिशत लाभांश पारित गरेको छ ।पुष २३ गते शुक्रबार सम्पन्न बैंकको १४ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।