१५ प्रतिशत लाभांश पारित गर्दै ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, थप ३ शाखा बिस्तार

२३ पुष २०७८, शुक्रबार १७:२३

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल नक्साल काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको नक्साल बैंकका संचालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा बैंकको सभा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनश शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल १५ दशलमव ५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साथै बैंकले आज वार्षिक साधारण सभाको अवसर पारी लम्घास, मुर्गिया र टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयको उद्घाटन समेत गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ९ गतेदेखी पुुस २३ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*