सिभिल क्यापिटल मार्केटको १३औंं वार्षिक साधारण सभा सम्पन्न

२३ पुष २०७८, शुक्रबार १७:०२

काठमाडौं । सिभिल क्यापिटल मार्केटको १३औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको प्रतिवेदन पास गर्नुको साथैनाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण्को प्रस्ताव परित गरेको छ।

कम्पनीले आ.व. २०७७।०७८ को मुनाफाबाट शेयरधनी महानुभावहरुलाई १५ प्रतिशतसम्म लाभांश प्रदान गर्न सक्ने क्षमता भए पनि संस्थाको मजबुतिकाका लागि आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट लाभांश वितरण नगरी सम्पुर्ण नाफा रकम जगेडाकोषमा सार्ने प्रस्ताव पारित गरेको छ। चालु आ.व. २०७८।०७९ मा शेयरधनीहरुलाई उच्च प्रतिफलको लाभांश वितरण गर्न सफल भएको छ।
सभाले विशेष प्रस्ताव अन्तरगत सम्बन्धित निकायको स्वीकृती लिई विभिन्न सेवाहरु संचालन गर्ने प्रस्तावहरु समेत स्वीकृत समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*