चिलिमे जलविद्युतको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
२३ पुष २०७८, शुक्रबार १५:१०
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही काठमाडौंमो भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशतत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।